एसईई परिक्षा : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

Post Thumbnail

चैत्र १५, धनुषा । एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएको छ ।

समाजिक सञ्जालमार्फत प्रश्नपत्र उज्यालोले फेला पारेको छ । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको हो । तर यो प्रश्नपत्र आधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस