बैशाख ३,पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले विश्व बजारमा बढ्दै गैरहेको जनशक्तिको माग बमोजिम विश्वबिद्यालयले शिक्षा प्रदान गर्न सकेमा मात्र समृद्ध नेपालको आधार तय हुने बताएका छन । मन्त्री गुरुङले विश्वबिद्यालयले बिश्व बजारसंग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा दिन सक्नुपर्नेमा जोड दिए ।
सोमवार पृथ्वीनारायण क्याम्पस ब्यवस्थापन संकायद्धारा आयोजित शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रको उद्घाटन गर्दै मन्त्री गरुङ्गले दिगो बिकासका लागि युवा तथा बिद्यार्थीहरुले आर्जन गरेकोे ज्ञान, सीप तथा क्षमता स्वदेशमै परिचालन हुन आवश्यक रहेको बताउदै देशको निति तथा योजना निर्माण, कार्यन्वयन, समिक्षामा तथा विष्लेषणमा प्राध्यापकहरुको रचनात्मक भुमिका रहने बताए ।क्याम्पसको थप भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारको तर्फवाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा क्याम्पस प्रमूख प्रा.डा. चन्द्रबहादुर थापाले क्याम्पसले क्यु.यु.ए. प्राप्त गर्नु तथा शिक्षा मन्त्रालयबाट उत्कृष्ट आंगीक क्याम्पसको उपाधि प्राप्त गर्नमा प्राध्यापक, बिदयार्थी, कर्मचारी सवैको उल्लेखनिय भुमिका रहेको वताउदै आगामी दिनमा क्याम्पसको थप सफलताका लागि प्रदेश सरकारको पनि क्याम्पसलाई आवश्यक वजेट विनियोजन गर्नुपर्ने वताए ।सहायक क्याम्पस प्रमूख डा. बिर बहादुर कार्कीले पृथ्वीनारायण क्याम्पसको कुल बिद्यार्थीको झण्डै आधा हिस्सा व्यवस्थापनले ओगेडेता पनि संकायको समग्र विकासका लागि प्रशासनले श्रोत र साधनको यथोचित वाँडफाँड नभएको बताउदै आंशिक प्राध्यापकहरुलाई न्युनतम पारीश्रमीक प्रदान गर्न सरकारले व्यवस्थागर्नुपर्ने वताए ।क्यालेण्डर प्रकाशन समितिका संयोजक एवं क्षेत्रगत व्यवस्थापन बिभागका बिभागिय प्रमुख विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रको संचालन प्राध्यापक विश्वनाथ पौडेलले गरेका थिए ।