बैशाख १२, काठमाडौँ ।
जुम्बा डान्स गर्दै गरिने फिटनेस हो। यसका ६–७ विधा हुन्छन्। ती सबै विधा जान्न आवश्यक छ। तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ किलोसम्म तौल घट्छ।
जुम्बा गर्दा संगीतको तालमा ११/१२ मिनेट नाच्ने गरिन्छ। यसो गर्दा शरीरका अंग सक्रिय हुन्छन्।
जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन्। यद्यपी पछिल्लो समय जुम्बा डान्सप्रति महिला वढी आकर्षित भएका छन्।
त्यसमा पनि ३० वर्ष कटेका गृहिणी वढी छन्। विशेषगरी बेफुर्सदिका कारण गोगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन्।
जुम्बाका फाइदा
मुटुलाई स्वस्थ राख्न सकिन्छ।
उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ।
मोटोपन घटाउँछ।
शारीरिक तन्दुरुस्ती हुन्छ। दैनिक जीवनमा आइपर्ने नतावबाट मुक्त भइन्छ।