पूर्वाञ्चल विश्वविद्यालय पदाधिकारीको बर्खास्तविरुद्ध झा सर्वोच्चमा

Post Thumbnail

असार १९,काठमाडौँ । छानबिन समितिको प्रतिवेदनपछि पदमुक्त भएका पूर्वाञ्चल विश्वविद्यालयका सह–रजिस्टार राजेशकुमार झा सर्वोच्च अदालत पुगेका छन् । पदमुक्त गर्नु विश्वविद्यालयको ऐन र प्रचलिन नियम विपरीत भएको दावीसहित
उनी सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदातलले विपक्षी (विश्वविद्यालय कार्यकारी परिषद)विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । अदालतले दुबै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो । तर, विपक्षी नआएपछि छलफल असार २४ गतेका लागि सारिएको छ ।झा भन्छन् –म प्रशासनिक क्षेत्रको पुरानो मान्छे

छानबिन समितिको प्रतिवेदनका आधारमा पदमुक्त भएका पूर्वाञ्चल विश्वविद्यालयका सह–रजिस्टार राजेशकुमार झाले आफूमाथि अन्याय भएको बताउँछन् । प्रशासनिक क्षेत्रको नियुक्ति भएका कारण आफ्नो योग्यता पुगे पनि बर्खास्ती गरिएको उनको भनाइ छ ।

झा २०५९ सालमा सहडिनमा नियुक्त भएका थिए । त्यसबेला शैक्षिक योग्यता तोकिएको थिएन् । प्राविधिक विषय अध्ययन गरेका व्यक्ति भेट्न मुश्किल थियो । तर, २०७० सालको प्रावधानअनुसार समितिले उनलाई पूर्वाग्राही रुपमा अयोग्य भएको उल्लेख गरेको आरोप छ ।

झामाथि कानुनी आधारमा भन्दा पनि काल्पनिक रुपमा प्रहार भएको उनी निकट स्रोत बताउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस