असार २४, काठमाडौँ । अधिवक्ता सुरेन्द्र कोइरालाले न्यायाधीश बन्न त्रिभुवन विश्वविद्यालयको गोल्डमेडल किनेको खुलेको छ।
परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी नम्बर थपेर अर्थशास्त्र विषयमा उनी गोल्ड मेडलिस्ट बनेका हुन्।
गोल्ड मेडलिस्ट भएपछि न्यायाधीश बन्न सजिलो हुने भएकाले किनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ।
कोइराला, त्रिविका कर्मचारी रामबहादुर कर्माचार्य र बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कोइरालले एउटै विषयमा ५० अंकसम्म किनेको पाइएको छ।
त्रिविका कर्मचारी रामबहादुर कर्माचार्यले कोइरालाले न्यायाधीश बन्न सजिलो हुन्छ भन्दै आग्रह गरेकाले अंक थपिदिएको बताएका छन्।
त्रिविले एउटै विद्यार्थीलाई १४ विषयमा अंक थपेको पाइएको छ।