असार २८,काठमाडौँ । नेशनल कलेज अफ इन्जिनियरिङ ताल्छीखेलमा दुईदिने प्रविधि मेला (यात्रा ३.०) सकिएको छ । कलेजका विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न किसिमका प्रस्तुतीहरुमा नेपालमा बन्दै गरेका सिँचाइ आयोजना,बिद्युतिय प्रविधि,भवन संरचना,विमानस्थल आयोजना डिजाईनहरु रहेका थिए । मेलामा विद्यार्थीहरुले मनोरञ्जनका लागि विभिन्न खेल तथा सांगितिक प्रस्तुती समेत दिएका थिए ।
शनिबार सम्पन्न मेलापछि क्याम्पसका प्रमुख कार्यकारी अधिकृत धन प्रसाद पौडेलले इन्जिनियरिङ विषय पढ्नेमात्रै नभई गरेर देखाउने विषय भएकाले मेलामा विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गरेको बताए ।
बिद्यार्थीहरुले आर्जन गरेका विषयगत ज्ञानलाई व्यवहारिक रुपमा प्रस्तुत गर्नका लागि यस्ता कार्यक्रमहरुको महत्त्वपूर्ण भुमिका रहने साथै समग्र ईन्जिनियरिङ शिक्षालाई समेत माथी उठाउन मद्धत पुर्याउने क्याम्पसका इलेक्ट्रोनिक तथा कम्प्युटर बिभागका प्रमुख प्रदिप अधिकारीले अनलाईन केन्द्रलाई बताए ।
शुक्रबारबाट सुरु भएको कार्यक्रम सफलताका साथ सम्पन्न भएको बताउदै अधिकारीले मेलाले अन्य विद्यार्थीलाई आगामी दिनमा नयाँ खोज तथा अनुसन्धान गर्न उत्साहित बनाउने उल्लेख गरे । शुक्रबार उद्घाटन सत्रमा प्रमुख अतिथी इन्जिनियरिङ विभागका डिन प्रा.डा. रामचन्द्र सापकोटा ,बिशेष अथिती नेपाल इन्जिनिर्यस एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रीरत्न्न बज्राचार्य ,कार्यक्रमका सभापति क्याम्पसका प्रध्यापक टक बहादुर गलामी लगायत विभिन्न क्याम्पसका प्रमुखहरु अथितीहरु रहेका थिए । मेलामा उत्कृष्ट प्रदर्शन गर्नेलाई नगदसहित सम्मान समेत गरिएको थियो ।