साउन ९,काठमाडौँ । नसर्ने रोग नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने एक अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नसर्ने रोग भयावह बन्दै गएको उल्लेख गर्दै तत्काल नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको हो ।
प्रतिवेदनमा नेपालमा २० वर्ष मुनिका ३० प्रतिशत नागरिकलाई ४ प्रकारका नगर्ने उच्च रोग देखिएको पनि भनिएको छ । मुटु, श्वासप्रश्वास, मृर्गौला, मधुमेहजस्ता नसर्ने रोग बढेर गएको पाइएको परिषदको निष्कर्ष छ ।
प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले अनुसन्धानबाट प्राप्त समस्या समाधानका लागि काम गर्न मातहतका निकायलाई सचेत गराए । उनले खानपान र रहनसहनका लागि रोगका प्रकृति बढेको र त्यसको निदानका लागि सम्बन्धित निकायले प्रभावकारी काम गर्नुपर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा राज्यमन्त्री यादवले बढदो रोग नियन्त्रणका लागि सरकारसँग बजेटको अभाव भएको पनि स्पष्ट पारे ।