डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ सबैभन्दा बढी प्रभावित : विभाग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २६, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ । विभागले बिहीबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो ।

जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैसँग आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धित निकायले सबै सरोकार पक्षसँग समन्वय गरी लामखुट्टे नियन्त्रण, उपचार र स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको बताए ।

खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क उनको थियो ।

प्रत्येक व्यक्तिको घरमा कुनै न कुनै किसिमले लामखुट्टे वृद्धि भइरहेको भन्दै उनले घरघरमा गएर सरकारले सरसफाई गर्नुपर्ने भन्ने कुरा तर्क संगत नभएको बताए । प्रत्येक व्यक्ति आफैमा सजग भए यो रोगबाट बच्न सकिने उनले बताए ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस