आश्विन ९,काठमाडौँ । सिजी एजुकेशनद्धारा सञ्चालित क्याम्पियन काठमाडौँ स्कुलले यसबर्षको दशै मेला आश्विन ११ गते शनिबार आयोजना गर्ने भएको छ । राजधानीको गहनापोखरीस्थित क्यम्पियन स्कुलमा हुने मेलामा विभिन्न प्रदर्शनी हुनेछन । मेलामा खाना,गित/संगित,खेलकुद, उपहार,म्याजिक शो,फेश पेन्ट्स लगायत अन्य प्रदर्शनी हुनेछन ।
सो अवसरमा सिकेएस डान्स आईकन २०१९ को ग्राण्ड फाईनल समेत हुनेछ । मेलामा विजेताहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । जसमा प्रथम हुनेलाई रेफ्रिजेटर, द्धितिय हुनेलाई माईक्रोवेभ ओभन,तृतिय हुनेलाई भ्याकुम क्लिनर र सान्तवना हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएको छ ।
मेलाको प्रिन्ट मिडिया पार्टनर नयाँ पत्रिका, रेडियो पार्टनरको रुपमा रेडियो सिटी एफ एम,आनलाईन पार्टनर अनलाईन केन्द्र र देउराली न्युज रहेका छन । बैकिङ पार्टनर एनएमबी बैँक रहेको छ भने ईन्सुरेन्स पार्टनर लुम्विनी जनरल ईन्सुरेन्स कम्पनी रहेको छ । मेलाको डिजाईन पार्टनर क्यु ग्राफिक्स रहेको छ भने पेमेन्ट पार्टनरमा इसेवा रहेको छ । सिजी एजुकेशनले प्रत्येक बर्ष विद्यार्थी तथा अभिभावकलाई केन्द्रित गरेर दशै मेला आयोजना गर्दै आईरहेको छ ।