क्याम्पियन काठमाडौँ स्कुलद्धारा आयोजित दशै मेला सम्पन्न

Post Thumbnail

आश्विन १२,काठमाडौँ । क्याम्पियन काठमाडौँ स्कुलले यसबर्षको दशै मेला शनिबार सम्पन्न गरेको छ । राजधानीको गहनापोखरीस्थित क्यम्पियन स्कुलमा भएको मेलामा विभिन्न प्रदर्शनी राखिएको थियो ।

मेलाको उद्घाटन प्रमुख अतिथीको रुपमा रहेका चलचित्र निर्माता आकाश अधिकारीले गरे । मेलाको विशेष अतिथीको रुपमा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को रमेश डंगोल, पुर्व शिक्षा सचिव महाश्रम शर्मा सिजी एजुकेशनका बिजनेश युनिट हेड गर्लि अग्रवाल लगायत अन्य अतिथीहरुले मेलाको अवलोकन गरेका थिए । मेलामा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ पनि सहभागी थिईन । कार्यक्रमको उदघाटन गेटमा रिवन काटेर गरिएको थियो भने औपचारिक समारोहलाई पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा जादु पर्दशनी गरिएको थियो । नेपालबाट गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका जादुगर सुरज मैनालीले जादु देखाएका थिए । मेलामा खाना, खेलकुद लगायत अन्य स्टल रहेको थियो । मेलाको अवसर पारेर आयोजित डान्स आईकन २०१९ को प्रथममा धिरज खड्का तथा द्धितियमा तेजस्वी न्यौपाने.सफल भए । प्रथम र द्धितिय हुनेलाई नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । चिठ्ठा कार्यक्रम समेत राखिएको मेलामा  प्रथम हुनेलाई रेफ्रिजेटर, द्धितिय हुनेलाई माईक्रोवेभ ओभन,तृतिय हुनेलाई भ्याकुम क्लिनर र सान्तवना हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको क्याम्पियन कलेजका आर.के ढुंगानाले बताए ।

मेलाको प्रिन्ट मिडिया पार्टनर नयाँ पत्रिका, रेडियो पार्टनरको रुपमा रेडियो सिटी एफ एम,आनलाईन पार्टनर अनलाईन केन्द्र र देउराली न्युज रहेका थिए । बैकिङ पार्टनर एनएमबी बैँक रहेको थियो भने ईन्सुरेन्स पार्टनर लुम्विनी जनरल ईन्सुरेन्स कम्पनी थिए । मेलाको डिजाईन पार्टनर क्यु ग्राफिक्स रहे भने पेमेन्ट पार्टनरमा इसेवा रहेको थियो । सिजी एजुकेशनले प्रत्येक बर्ष विद्यार्थी तथा अभिभावकलाई केन्द्रित गरेर दशै मेला आयोजना गर्दै आईरहेको छ । कार्यक्रममा सर्व सहयोगी तथा अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस