कार्तिक ७, काठमाडौं । जब कुनै दुई व्यक्तिबीच वैवाहिक सम्बन्ध गासिन्छन् तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्छन्, जसले गर्दा श्रीमती हासीखुसि बस्न सकुन् । यदि श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ । त्यसैले वैवाहिक सम्बन्ध गाँसिएका पत्नीले आफ्नो पति सामु खेल्नैपर्छ ।
यी भूमिका अपनाउदा तपाइकाे दाम्पत्य जीवन सुखमय बित्नेछ:
- यदि तपाईँ आफ्नो वैवाहिक सम्बन्ध कसिलो बनाउन चाहनुहुन्छ भने झुक्किएर पनि श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस् ।
- कहिल्यै पनि आफ्नो श्रीमानका सामु अन्य व्यक्तिको तुलना नगर्नुहोस् । जसलाई गर्दा तपाईँको वैवाहिक सम्बन्धमा कहल उत्पन्न हुने गर्दछ ।
- कुनै पनि कुरा आफ्नो श्रीमानलाई नलुकाउनुहोस् र सबै सुनाउने गर्नुहोस् । जसलाई सुनाउँदा तपाइहरूको सम्बन्ध अझ बढी कसिलो र विश्वासिलो हुने गर्छ ।
- यदि तपाईँ परिवारको सबै सदस्यसँग बसेर छलफल गर्दै हुनु हुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्ने बानी बसाल्नुहोस् ।
- यदि तपाईँ आफ्नो श्रीमानसँग कुनै कुराको सल्लाह लिन चाहनुहुन्छ भने सर्व प्रथम पतिको मुड बुझ्ने गर्नुहोस्, जसले गर्दा तपाइको कुरा तपाइको श्रीमानले सजिलै बुझ्नेछ ।
- साथै झुक्किएर पनि आफ्नो श्रीमानको कमी कमजोरी माइत र घरपरिवार सामु नखोल्नुहोस्, जसले गर्दा तपाईहरूबीच झगडा उत्पन्न हुने गर्छ ।