कार्तिक १७, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले डा. बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको छनौट समितिले त्रिवि उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेका थिए।
सिफारिस गरिएकामध्ये डा. कोइरालालाई आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ भने डा. बाँस्कोटालाई त्रिविको उपकुलपति बनाउने निर्णय गरेको हो।
बाँस्कोटा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरिएका हुन् भने कोइराला पूुर्ब माओवादीको सिफारिसमा मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन्।
नाक, कान, घाँटी बिशेषज्ञ बाँस्कोटाले केही समयअघि मात्र मेडिकल काउन्सिलको अध्यक्षबाट अबकाश पाएका थिए।