कार्तिक,काठमाडौँ । राजधानीको चर्चित शैक्षिक संस्था एडमार्क एकेडेमी तथा विज्डम एकेडेमीले कला,विज्ञान र क्राफ्ट प्रदर्शनी गरेको छ । प्रदर्शनीमा कक्षा १ देखी ९ सम्मका विद्यार्थी सहभागी थिए । एकदिन चलेको प्रदर्शनीमा विद्यार्थीहरुले विभिन्न कौशल देखाएका थिए । उनिहरुले प्लास्टिक,धातु र अन्य बिद्युतिय सामानको प्रयोग गरी वातावरण,भौतिक संरचनागत सामाग्री बनाएका थिए । विद्यार्थीहरुको चित्रकलाले प्रदर्शनी सिर्जनात्मक देखिन्थ्यो ।
प्रदर्शनीमा सहभागी कक्षा ९ की प्रशंसा बडालले स्कुलले गरेको विविध कार्यक्रममा सहभागी हुन पाउदा खुसी लागेको बताईन । उनले प्रदर्शनीमा विद्युतिय सामाग्री बाट बनेका सिर्जना प्रस्तुत गरेकी थिईन । उनको टोलीमा रहेका आदिश सुवेदी,प्रनिता पौडेलले प्रदर्शनीमा सहभागी हुन पाउदा थप नयाँ कुरा सिकेको बताए । विद्यार्थीहरुको प्रदर्शनी उनिहरुका अभिभावक,शिक्षक र आगुन्तुकले अवलोकन गरेको थिए । एकेडेमीले बर्षेनी यस्ता प्रदर्शनी गर्दै आईरहेको एकेडेमीका अध्यक्ष पुरषोत्तम अधिकारीले अनलाईन केन्द्रलाई बताए ।
अधिकारीले विद्यार्थीहरुको शैक्षिक विकासको लागी सैदान्तिक विषयमा मात्रै ध्यान नदिई प्रयोगात्मक सिर्जनामा एकेडेमीले विशेष जोड दिँदै आईरहेको बताए । उनले भने–यस्तो किसिमको प्रयोगात्मक अभ्यासले विद्यार्थीमा सिर्जना गर्ने बानीको विकास हुन्छ । जसले गर्दा भविष्यमा उनिहरुले मुलुकको लागी केही न केही योगदान गर्न सक्छन । आजका बिद्याथीहरु विज्ञान र बस्तुसंगत कुरामा विश्वास गर्ने भएकोले पनि उनिहरुलाई यथार्थता थाहा दिनु जरुरी छ । अधिकारीले एकेडेमीले विद्यार्थीको सर्वाङिग्ण विकासमा जोड दिँदै आईरहेको बताए ।