एमबिबिएस परीक्षा बहिष्कारः प्रिन्सिपल र सिइओका छोराछोरीले मात्रै दिए परीक्षा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । सरकारले मेडिकल कलेज सञ्चालकसँग गरेको सहमतिले थप अन्याय भएको भन्दै आन्दोलनरत चिकित्सा शिक्षाका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका छन् ।

चितवन, युनिभर्सल, नेसनल, जानकी र पोखरा मेडिकल कलेजका विद्यार्थीले बिहीबारदेखि सुरु परीक्षा बहिष्कार गरेका हुन् ।

चितवन, युनिभर्सल, नेसनल तथा जानकीका पहिलो र दोस्रो वर्षका विद्यार्थीले परीक्षा बहिष्कार गर्ने घोषणा बुधबार नै गरेका थिए । चितवनका विद्यार्थीले प्रवेशपत्र समेत जलाएका थिए । उनीहरू बिहीबार परीक्षामा सहभागी नै भएनन् । गण्डकी मेडिकल कलेजका विद्यार्थी भने परीक्षा हलमा छिरेर प्रश्नपत्र च्यात्दै बाहिरिए ।

त्यहाँ कलेज प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँचजनाले मात्रै परीक्षा दिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) परीक्षा शाखाका प्रमुख राजु बुढाथोकीले भने अज्ञात समूह प्रवेश गरेर प्रश्नपत्र च्यातेको दाबी गरेका छन् ।

चार मेडिकल कलेजमा बिडिएस र नर्सिङलगायत विद्यार्थीले पनि बुधबारको परीक्षा बहिष्कार गरेका थिए । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले सरकारले माग पूरा नगरेसम्म विद्यार्थीले आन्दोलन नछाड्ने बताए । नयाँपत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस