चिसोमा कोदोको ढिँडोका फाइदा

Post Thumbnail

पुष ३, काठमाडौं । जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइमा पर्छ । पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । तर, अहिले समय निकै परिवर्तन भएको छ ।

गाउँशहरमा चामलभन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मीठो परिकार बनाउने भनेर चिसोमा ढिँडो खाने चलन छ ।

शहरी क्षेत्रका ठूलाठूला होटलमा विशेष परिकारको रूपमा ढिँडो पाक्न थालेको छ । चिसो मौसम सुरू भएसँगै मानिसहरू कोदोको ढिँडोतर्फ लोभिने गरेका छन् ।

चिसो मौसममा रमाइलो मान्दै ढिँडो खाँदा पारिवारिक खुशी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । कोदोको ढिँडो मात्र होइन, रोटी र अन्य विभिन्न परिकारसमेत बनाएर खाइन्छ ।

यस्ता छन् कोदोका परिकारका फाइदा

-कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ ।

-कोदोका परिकार पचाउन सहज हुन्छ ।

-कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका -पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो स्राेत हो

-तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

-मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा -कोलेस्टेराेलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

-यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

-कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

-कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिँदैन ।

-कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिँडो खाने गरे आराम पाइन्छ ।

-मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायक मानिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस