वीरगञ्ज महानगरका विद्यालय १० दिन बन्द, मौसम अनुकुल भए विदा रद्ध

Post Thumbnail

पौष ८, पर्सा । हिउँदे शीतलहर र चीसोका कारण प्रदेश नम्बर २ को एक मात्र वीरगन्ज महानगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै विद्यालयहरु १० दिन बन्द गर्ने निर्णय गरेको छ। वीरगन्ज महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै तर्फ गरी ३११ वटा विद्यालय १० दिन विदा दिने निर्णय गरेको हो । जिल्लाका अरु पालिकाहरुले आफ्नो क्षेत्रका विद्यालयहरु चिसोको कारण बन्द गरेको दुईदिन पछि वीरगन्ज महानगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मौसमी प्रकोपको कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य विग्रन सक्ने भन्दै १० दिन सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए। आगामी ९ पुसबाट आगामी १८ पुससम्मका लागि महानगर क्षेत्रका सबै विद्यालयहरु विदा गरिएको छ । यो निर्णय आईतबार नै गरिउको उनले बताए ।

मौसम अनुकुल भए विदा रद्ध
महानगर क्षेत्रमा अहिले ९० वटा सामुदायिक विद्यालय र २२१ वटा संस्थागत विद्यालयहरु छन् । ती सबै विद्यालयहरु मौसमी अनुकुल भएमा विदा रद्ध हुने गरी भन्दै वर्षे बिदामा कट्टा हुनेगरी विदा गरिएको महानगरपालिकाको निर्णयमा उल्लेख गरिउको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस