पौष २७, काठमाण्डौ । काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो। तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सकराले कुनै कारबाही गरेको छैन । काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २०७६ भदौ २५ मा समिति गठन गरेको थियो ।
मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्कारराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्इवस्था विभागका प्रतिनिधि पनि थिए ।
नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार आर्थिक शोषण गर्ने अस्पतालहरु र विवरण
बयोधा अस्पताल : एकै बिरामी एकै समयमा एसआइसियु, आइसियु, डिलक्स र स्विट रुमा भर्ना भएको बिल, १७ दिनमा १०९ पटक विशेषज्ञ राउन्ड
ग्रान्डी अस्पताल : नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, रेफर भएर आएका बिरामीलाई पहलो अस्पतालले गरेको जाँच फेरि फेरि गर्न लगाएको
नर्भिक अस्पताल : कोअर्डिनेसन चार्ज, हस्पिटल सरचार्जजस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा असुल, मन्त्रालयको टोलीले माग्दा पन मूल्यसूची दिएन
सिवेक अस्पताल : सामान्य उपचारमै एक लाख ६९ हजार लिएको अभिलेख। अझ, बिरामीबाट तीन हजार ६०० अमेरिकी डलर (करिब चार लाख रुपैयाँ) असुली,
स्वाकोन अस्पताल : एमबिबिएस डाक्टरले सेवामा आठ हजार २८० रुपैयाँ चार्ज, अस्पतालमा सिटीस्क्यान, एमआरआई, मोड्लर अपरेसन थिएटरसमेत छैन ।
इरा हेल्थ सेन्टर : १२० रुपैयाँ पर्ने औषधिलाई तीन हजार ३०० रुपैयाँमा बिक्री, एचआइभी परीक्षण पनि दिनमा दुईपटक सम्म, तर रिपोर्ट दिइएन