पौष २९, काठमाण्डौ । कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ । मौसमअनुसार काम हुने र हिउँ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकतर युवा कामका लागि कोरिया जान पाएका छैनन् ।
कोरिया भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकतर युवा रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याचरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लगिरहेको छ ।