झरना के.सी. -योग प्रशिक्षक
‘योग’ शूत्रको रचयीता भगवान शिवलाई मानिने विभिन्न किम्वदंतीहरुमा पाइन्छ । हाल संसारभरि लोकप्रिय भएको ‘योग’ को अर्थ जोड्नु हो । ‘योग’ क्रियाले मानिसको आत्मालाई परमात्मा सँग जोड्ने भनेर र्विर्णत गरिएको पाइन्छ । यस विधिले मानविय चेतनालाई शारीरिक तथा मानसिक स्वास्थ्य भई रोगरहित जीवन यापन गर्नु हो भन्ने बुझिन्छ । समग्रमा शारीरिक रुपमा स्वस्थ मानसिक रुपमा शान्त र आत्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जीउने कलालाई नै योग भनिन्छ । योगको उदगम स्थल नेपाली भूमि नै भएको पूर्ण विश्वास हाम्रा ऋषिमुनिहरुले प्रमाणित गरिसकेको हामी पाउछांै । आदिकाल खण्डमा योगको विस्तार भयो, मध्यकाल खण्डमा यो हरायो र अहिले तेस्रोकाल खण्डमा आएर योग पा्रकृत्तिक चिकित्साशास्त्र सँग जोडिन पुगेको हामी पाउँछौ । योगले रोगीलाई निरोगी र स्वस्थ व्यक्तिलाई अती नै स्वस्थ भई जिउन सक्ने एउटा कलाको रुपमा लिइएको छ ।
विकराल देखिने शारीरिक रोग एवं. मानसिक समस्याको निरोध योग व्यायामको नियमित अभ्यासवाटै हुन सक्ने कुरा बैज्ञानिकरुपमै स्थापित भैसकेको छ । त्यसैलै आज योग संसारभरि प्रचलित छ । आज विश्वभरिका मानिसहरु रोगी भई छिटो मृत्युमा पुग्ने मुख्य कारण नै व्यायम् नगर्नेलाई प्रमुख मानिएको छ । शारीरिक र मानसिक रोग हुनुको मुख्य कारण नै व्यायमको अभावको कारणले हो भन्ने तथ्य विश्व स्वास्थ्य संगठनले समेत स्वीकार गरिसकेको छ । त्यसैले स्वस्थ्य जीवन जीउनको लागि दैनिक कम्तीमा आधा घण्टा र बढिमा डेढ घण्टा नियमित व्यायाम हरेक मान्छेले गर्नैपर्ने देखिन्छ ।
‘योग’ व्यायाममा श्वास प्रश्वासको उचित अभ्यासले शारीरिक रुपमा पूmर्तिलो र जागरिलो बनाउँछ भने मानसिक रुपमा स्वस्थ र आत्मविश्वासयुक्त बनाउँछ । त्यस्तैगरी उच्च रक्क्तचात हुनबाट जोगाउछ र नियन्त्रण गर्दछ । मानिसको उच्चमनोवल बढाउँछ, स्मरण शक्ति बढाउँछ मन शरीर अनि मस्तिष्क शान्त बनाउँछ । तनाव कम, माइग्रेन, अनिद्रा, माशंपेशिमा राहत मिल्छ । सेरोटोननि हर्माेनको अधिक उत्पादन गर्दछ । उर्जाको आन्तरिक स्रोतमा उन्नतिका कारण उर्जा स्तरमा बृद्धि ल्याउँछ । ध्यानको कुनै धर्म हुँदैन सवै विचारधारा मान्नेहरुले पनि यसको अभ्यास गर्न सकिन्छ । “म केहि हँु” यस भावको अनन्त प्रयासमा समाहित गरि स्वयंको अनन्त व्रम्हाण्ड का अविभाज्य पात्र सम्झनु पर्दछ । ध्यानको अवस्थामा स्वयंम प्रसन्नता, शान्ति वा अनन्त विस्तारमा हुनु, यहि गुण पर्यावरण को प्रदान गर्नु एवं यस प्रकार आपूmलाई सृष्टिको साम्राज्य मा स्थापित गर्नु पर्दछ । ध्यानले आफू भित्रको सत्यतापूर्वक व्यक्तित्वमा परिवर्तन ल्याउँछ, क्रमश आफ्नो बोरमा जति ज्यादा जानिन्छ त्यति प्राकृतिक रुपमा स्वयं को ज्यादा गहिराइमा खोज तलास गरिन्छ कि म को हँु ।
श्रोमदभागवत गीतामा वर्णित ध्यान, गौतम बुद्धद्वारा प्रर्विर्तत ध्यान र ओशोद्वारा प्रतिपादित ध्यानलाई ध्यानको ऐतिहासिक विकासक्रम मानिन्छ । सवकन्सियस माइण्डमा रहेका वाधालाई हटाई आफ्नो लक्ष्य समेत अवचेतनामा विजारोपण गर्ने यस ध्यानको प्रकृयाले मानिसलाई सफलताको समेत प्रत्याभूति दिन्छ । यस यन्त्रको प्रयोगले जीवनमा आईपर्ने सम्पूर्ण वाधा व्यवधानलाई हाँसी हाँसी पन्छाई अगाडि बढ्ने शक्ति हासिल भई जीवन सार्थक हुने देखिन्छ । जीवनको दिव्य आध्यात्मिक विकासको लागि योगलाई बुझिन्छ । सामान्य भाषामा भन्नु पर्दा योग, प्रणायाम अनि ध्यान बाट हामीले हाम्रो जीवन स्वस्थ भई सकारात्मक उर्जाबाट यापन गर्दछौं । यी तीन साधना हामीले दैनिक जीवनयापनमा रुटिङ् वनाई जीवनमा समावेश गरियो भने हामी संतुलन, पूनर्जीवन एवं दिव्य जागरण प्राप्ति भइ अन्तत ; पूर्णताको प्राप्ति तर्फ अग्रसर हुन्छौं । योग साधनाले शरीर निरोगी बनाउने मात्र होइन, विचारको सुद्धिकरण पनि गर्दछ ।
हाम्रो जीवनको महत्वपूर्ण अमृत नै हामी सँग छ त्यो हो मन । यो मनलाई जस्तो बनायो जीवन त्यस्तै हुन्छ, सकारात्मक मोडमा ल्याए हामी खुशी हुन्छौ भने नकारात्मक तिर लागे हामी दु :खि हुन्छौ । त्यसैले जीवनको महत्व बुझांै । जीवनको महत्व र सारतत्वलाई बुझि जीवन अगडि बढाउने प्रयास गरौ , जीवनलाई यो, प्रणायाम र ध्यानमा केन्द्रित गरौ जसले भोलीका दिनहरु सहज बनुन् । योगले मोटोपन घटाउँछ, पेटको अलावा शरीरको अन्य भागका अतिरिक्त बोसो घटाई शरीरको सुन्दरता अनि निखारता ल्याउँछ ।
शरीरको अलग अलग भागको बोशो घटाउने अलग अलग आसनहरु गर्न सकिन्छ । पूर्णत ः स्वासप्रस्वास अनि धैर्यताका साथ योग अपनाउनु जरुरी छ । शारीरिक स्वास्थ्यको साथै योगले हाम्रो स्कीन र कपालमा पनि सुन्दरता ल्याउनमा महत्वपूर्ण योगदान दिन्छ । योग अनि प्रणायामहरुले कस्ता कस्ता भयावह दिर्घकालीन रोगहरु प्नि निर्मूल भएको हामीले समचारहरु पाउछाँै जुन कि सत्य र प्रमाण सहित सावित भएका छन । तसर्थ, सफल जीवन जिउनको लागि शरीरको सकारात्मक उर्जा एवं मानसिक शक्तिको लागि हामीले नियमित योग गर्नु जरुरी छ । जुन योगमा शारीरिक व्यायाम, प्रणायाम, ध्यान समावेश गरिएको छ यी क्रियाकलापहरुलाई हाम्रो जीवनमा नसाको रुपमा प्रयोगमा ल्याइयो भने हामी आफू, आफ्नो परिवार, समाज अनि राष्ट्रलाई नै स्वस्थ बनाउन सकिन्छ । हामी स्वस्थ रह्यांै भने राष्ट्र नै उन्नतिको शिखरमा लम्कने छ । योगले चेतनायुक्त भएर बाच्न सिकाउनुको साथै खानपान र रहनसहनको पनि अनुशासनको कायम राख्दछ । तसर्थ, हामीले योगलाई नारामा मात्रै हैन जीवन संस्कृति बनाउनुपर्दछ । योग सम्बन्धि कार्यक्रमहरु हरेक घरआँगनमा पु¥याउन अति जरुरी छ । पत्रपत्रिका, पाठ्यक्रम, रेडियो टेलिभिजन लगायत सामाजिक सञ्जालबाट पनि योग सम्बन्धि सन्दर्भ सामग्रीहरु, प्रेरक प्रशंगहरु, योगले जीवन बद्लेका मानिसहरुको जीवन कहानीहरुलाई हरेक व्यक्ति माझ पैmल्याउन काम गर्नुपर्दछ । बिकृति मानसिकता, भ्रष्ट मानिस, जीवन देखि विरक्त लागेर मृत्यु अगाल्न खोज्ने साथै असाध्यै रोगी व्यक्ति पनि योगमा लागेमा उसको जीवन बद्लिन सक्दछ । यिनै माथिका सन्देशहरु हरेक व्यक्तिको मानसपटलमा पु¥याउन सकियो भने योग शिक्षाको अनुशरण हुन थाल्नेछ एवं हरेक बर्ष मनाइने योग दिवस सार्थक ठहरिने देखिन्छ ।