कोरोना भाइरस : चिनको बुहानमा यातायात बन्द ! १७ को मृत्यु, त्रिभुवन विमानस्थलमा सतर्कता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १०, काठमाण्डौ । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैलने सम्भावनालाई लिएर सार्वजनिक यातायात बन्द गरेको छ । करीब एक करोड दश लाख जनसंख्या रहेको वुहान शहरका स्थानीयलाई घर नछोड्न सल्लाह दिइएको छ ।

कोरोना भाइरसको संक्रमणले चीनमा १७ जनाको मृत्यु भइसकेको छ । पाँच सय जनामा उक्त भाइरसको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । यद्दपी चिनियाँ दूताबासले भने भाइरसको संक्रमण ४०० जनामा मात्रै रहेको प्रष्ट्याएको छ ।

त्रिभुवन विमानस्थलमा सजगता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने पर्यटक तथा स्वदेशी आगन्तुकलाई पनि विशेष निगरानी राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त ओझाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस