माघ १७, काठमाण्डौ । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।
चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान लिइसकेको कोरोना भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको छ ।