माघ १७, रसुवा । रसुवा जिल्लामा कोरोना भाइरस सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको स्पष्ट पारेका छन् ।
चिकित्सकले प्रमाणित गरे बाहेक अन्य कुनै पनि व्यक्तिले यो रोग र त्यो रोग भनेर व्याख्या गर्नु गलत हुने हुँदा कोही कसैले गरेका टिकाटिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवाबासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशङ्का भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाण्डौ टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ । रासस