माघ १८, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले उच्चस्तरीय समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उच्चस्तरीय समितिसहित तीनवटा समिति गठन गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति गठन भएको छ । स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । चीनको वुहान शहरमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने भएकाले उच्च सतर्कतासहित काम गर्न समिति गठन गरेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार सरसकारले कोरोना भाइरस रोकथामका लागि थप अरु काम गर्दै जानेछ ।