एक अध्ययन भन्छ-चाँडै नै महिनावारी बन्द वा मिनोपज भए स्वास्थ्यमा समस्या हुन्छ !

Post Thumbnail

माघ २०, काठमाण्डौ । समयभन्दा अगाडि नै महिनावारी बन्द वा मिनोपज भए महिलाको स्वास्थ्यमा विभिन्न समस्या हुने अनुसन्धानले देखाएको छ । तुलनात्मक रूपमा ५० वा ५१ वर्षको उमेरमा मिनोपज हुने महिला बढी स्वस्थ हुने सङ्केत सो अध्ययनले गरेको छ । उच्च आय भएका देशमा महिलाको एक तिहाइ जीवन मिनोपजपछि सुरू हुन्छ ।

अघिल्ला अनुसन्धानले ४० वर्ष वा कम उमेरमा मिनोपज भए मुटु तथा श्वासप्रश्वास र मधुमेह लगायतका रोगको जोखिम बढी हुने देखाएको थियो । ह्युमन रिप्रोडक्सनमा प्रकाशित नयाँ अध्ययनले पहिलो पटक प्राकृतिक मिनोपज र मल्टिमोर्बिडी भनिने विविध स्वास्थ्य समस्याको सुरुवातबीच हुने सम्बन्धको परीक्षण गरेको छ ।

अष्ट्रेलियाको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणमा सहभागी पाँच हजार एक सय जना महिलाबाट अध्ययनको तथ्याङ्क निकालिएको छ । सन् १९९६ देखि २०१६ सम्म तीन वर्षको अवधिमा सहभागी महिलाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, आघात, बाथ, ओस्टियोपोरोसिस, दम, उदासिनता, चिन्ता वा स्तन क्यान्सर लगायतका रोग देखा परे नपरेको जानकारीले दिएका थिए ।

एकै पटक माथि उल्लेखितमध्ये दुई वा बढी समस्या हुनुलाई “मल्टिमोर्बिडिटी” भनिएको छ । महिनावारी नभई १२ महिनापछि ती महिलाको प्राकृतिक मिनोपज सुरू भएको मानिएको छ । एएफपी

ताजा अपडेट

खोजी गर्नुहोस