मास्कको अभाव : बेइजिङले सातदिनमै निर्माण गर्‍यो नयाँ उद्योग

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २१, मंगलबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । यसअघि चीनले कोरोना भाइरस संक्रमितहरुका लागि ६ दिनमै एक हजार भन्दा बढी बिरामी अटाउन सक्ने अस्पताल निर्माण गरि विश्वलाई चकित पारेको थियो । यसैगरी देशभर फेस मास्कको पनि अत्यधिक अभाव भएपछि बेइजिङले केबल सात दिनमै नयाँ उद्योग निर्माण गरि फेरि पनि सबैलाई अचम्मित पारेको छ ।

चिनियाँ सरकारले यसअघि कोरोना प्रकोप विरुद्ध लड्न कुनै कसर नछाडिने वचन दिएको थियो । उक्त उद्योगले एक महिनामा करोडसम्मको मास्क उत्पादन गर्न सक्ने बताइएको छ । शनिबार मात्र उद्योगको काम सुरु भएको हो जुन सात दिन अगाडि प्रस्ताव गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस