कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो, २४ हजारभन्दा बढी संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् । बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।
हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस