माघ २८, काठमाण्डौ । नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको निर्वाचित भएका छन । डा। कार्की ४ हजार १ सय ११ मत सहित विजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा। पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले हराएका हुन ।लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा। कार्की यसअघि संघको महासचिव थिए ।
अन्तिम मतपरिणाम अनुसार सदस्य वाहेकका सबै पद लोकतान्त्रिक समूहले जीतेको छ । शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ। मतगणना सकिए पनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलबार दिउँसो १ बजे हुनेछ।