केरलामा कोरोना : तीन हजारभन्दा बढी चिकित्सकको निगरानीमा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २८, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यको स्वास्थ्य विभागले तीन हजार दुई सय ५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले तीन सय ४५ जनाको रगतको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको हो ।

विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँडडुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ । थ्रिसुरमा रहेको सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस एन्कोभ को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस