चीनको बुहानबाट नेपालीलाई उद्धार गर्न स्वास्थ्यतर्फको तयारी पूरा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्र्पूण तयारी पूरा भएको जानकारी दिए । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताए ।

क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उनले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताए । उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ ।

क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ । हुबेइबाट आउने नेपालीलाइ छ बुँदे शर्त यस्तै चीनको हुबइबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरुबारे जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस