फाल्गुण १, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई नौ बुँदे निर्देशन दिएका छन् । उनले मन्त्रीस्तरीय निर्णय गर्दै दातृ निकायलाई सरकारी लोगो प्रयोग गर्दा अनुमति लिनुपर्नेदेखि चिकित्सकलाई निजी संस्थामा सरकारी नामरपदनाम प्रयोग नगर्ने निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न कार्यक्रम सहभागि उनले दातृ निकायले सरकारी लोगो प्रयोग गरिएकोबारे जिज्ञासा राख्दै आएका थिए । मन्त्रालयले दातृ निकाय तथा गैरसरकारी संस्थालाई नेपाल सरकार र मन्त्रालयको लोगो प्रयोग गर्नुपूर्व अनिवार्य स्वीकृत लिनुपर्ने विषयम पनि मन्त्रीको निर्णयमा उल्लेख छ ।