फाल्गुण २, काठमाण्डौ । द मिडल इस्ट मिडिया अमेरिका र इजरायलले चीनविरुद्धको व्यापार तथा मनौवैज्ञानिक युद्धको अंगको रुपमा कोरोना भाइरस उत्पन्न गरेका हुन् । साउदी अरबको अल वतन, अमेरिका (यद्यपि, अमेरिकामा १२ जना विरामी भेटिएका छन्) र इजरायलमा कोरोना भाइरस नदेखिनु संयोग मात्रै हुन सक्दैन । तर उक्त भाइरस हिजो, आज वा भोलि कहिल्यै पनि अमेरिका र इजरायलमा देखिने छैन, न त बुरुण्डो र कोमोरो आइल्याण्ड जस्ता गरिब मुलुकमा यो भाइरस देखा पर्नेछ ।
केही वर्ष पहिला इजिप्टले आफ्नै मुलुकमा उत्पादित कुखुरामाथि भर पर्ने र कुखुरारअण्डा विदेश निर्यात गर्ने, अमेरिका तथा फ्रान्ससहित मुलुकका कुखुरा आवश्यक नपर्ने भनेर घोषणा गरे लगत्तै हुर्कँदै गएको त्यहाँको अर्थतन्त्रलाई निमोठ्ने गरी अचानक बर्ड फ्लू देखा पर्यो । यसअघि पनि चीनमा यस्तै भएको थियो, जब चीनले विश्वमै आफूसँग सबैभन्दा बढी डलर संचिति भएको बतायो तब उनीहरू (अमेरिकी) ले कोरोना भाइरसको दाइ सार्स उत्पन्न गरे’।
सिरियाली समाचार पत्रिका अल थावरा, ‘इबोला, जिका, सार्स, बर्ड फ्लु, स्वाइन फ्लु, एन्थ्राक्सदेखि कोरोना भाइरससम्म सबै रोग विश्वको जनसंख्यालाई जोखिममा पार्न भन्दै अमेरिकाले उत्पन्न गरेको हो। अमेरिकाले जैविक युद्धलाई नयाँ खालको युद्धमा बदलेको छ र यसरी अमेरिकाले खेलको नियम बदल्न चाहन्छ र मानवविरुद्धको युद्धलाई परम्परागत पथभन्दा फरक तरिकाले गर्न चाहन्छ ।’
इजिप्टको भिटोगेट डटकम, ‘विगतमा देखिएका बिफर तथा प्लेगदेखि हालैका वर्षमा देखिएका स्वाइन फ्लू जस्ता सबैखाले भाइरस र ब्याक्टेरिय सबैभन्दा पहिला अमेरिकी कम्पनीले उत्पादन गर्छन्। हालै कोरोना भाइरसको चपेटामा परेको वुहान एउटा औद्योगिक शहर हो जुन चीनको आठौं धनी शहर पनि हो। गोन्जाओ, बेइजिङ, तियानजिङ र हङकङ चीनमा महत्वपूर्ण शहर हुन् । महत्वपूर्ण शहरको सूचीमा अलि तल रहेको वुहान अमेरिकी अपराधका लागि उपयुक्त स्थान बन्न पुग्यो किनभने उक्त शहरलाई केन्द्रमा राखिएको थिएन, त्यहाँको स्वास्थ्य सेवा अन्य शहरको भन्दा सीमित थियो। चीनमा प्रयोग हुने आतपकालीन उपचार र औषधीबाट भाइरस बनाउने मुख्य योजनाकारहरूले अर्बौं डलर कमाउने भएकाले नयाँ भाइरस फैलाइएको हो र यस्ता उपचार विधि र औषधी इजरायली कम्पनीले उत्पादन गर्छन्।’