बुहानबाट नेपाली बोकेको विमान काठमाडौं आइपुग्यो, नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४ बजे काठमाडौंमा अवतरण गरेको छ । बुहानबाट १७५ नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो ।

बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए । बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस