चीनको वुहान शहरबाट ल्याइएका नेपाली भक्तपुर खरिपाटीको क्वारेन्टाइनमा पुर्‍याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जना नेपालीलाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । उनीहरु करिव १५ दिन त्यहाँ रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस