फाल्गुण ६, काठमाण्डौ । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिव एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ ।
अन्य २६ देशमा पनि कोरोना फैलिएको छ । कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । त्यसैगरी चीनसँगका सीमानाकाहरुमा पनि चेकजाँचमा कडाइ गर्नुका साथै आवागमनमा रोक लगाइएको छ ।