फाल्गुण ६, काठमाण्डौ । पाकिस्तानको अबोटाबादमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेको जनाईएको छ । चीनबाट फर्केका मानिसमा कोरोनाको संक्रमण देखिएको एक स्रोतले बताएको छ । पाकिस्तान शासित काश्मिरस्थित गिलगिट बालतिस्तान निवासी मानिसको अबोटाबादस्थित अयुब मेडिकल अस्पतालमा उपचार भैरहेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले अहिलेसमम करिब १७ सयको ज्यान गैसकेको छ । नेपाल सरकारले वुहानमा रहेका १ सय ७५ नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याईसकेको छ । उनीहरुलाई अहिले क्वारेन्टाईनमा राखिएको छ ।