कक्षा ९ र १० मा ऐच्छिक गणित हटाइएको छैन : पाठक्रम विकास केन्द्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ६, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ६, काठमाण्डौ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक गणित विषय नहटाएको बताएको छ । शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो ।

केन्द्रले हालै जारी गरेको एक सूचनामा कक्षा ९ र १० का लागि विभिन्न ऐच्छिक विषय उल्लेख गरे पनि ऐच्छिक गणित समावेश थिएन । केन्द्रले गत पुस ९ गते निकालेको सूचनामा कक्षा ९ मा ११ ऐच्छिक विषय र कक्षा १० मा ९ वटा ऐच्छिक विषय समावेश गरेको थियो ।

उक्त सूचनाअनुसार कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय राखिएका छन् ।

यस्तै कक्षा १० मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय छन् । कक्षा ९ र १० मा विद्यार्थीले ऐच्छिक दुई विषय पढ्न पाउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस