फाल्गुण ९, काठमाण्डौ । राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न नागरिकलाई टाउको र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने सामाग्री र औषधी निःशुल्क उपलब्ध गराउने भएको छ ।
ट्रमा सेन्टरको निर्देशकमा नियुक्ति भएका डा सन्तोष पौडेलले आफ्नो कामको शुरुवातनै सो निर्णयबाट गरेका हुन् । पौडेललाई स्वास्थ्य मन्त्रालयले बिहीबार ट्रमा सेन्टरको निर्देशक नियुक्त गरेको थियो ।