कोराना विरुद्धको खोप अनुसन्धानमा २० कम्पनी संलग्न

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

्रफाल्गुण १८, काठमाण्डौ । विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने दौरानमा विश्वका धेरै वैज्ञानिकले कडा मिहिनेत गरे पनि अहिलेसम्म सो खोप पत्ता लाग्न सकेको छैन । अहिले विश्वभरमा कोरोना भाइरसको संक्रमण रोकथामा गर्ने २० प्रकार भन्दा बढीका खोपहरू विकास गरिदै गरेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकले शुक्रबार बताए ।

तर स्वास्थ्य अधिकारीहरूले भने यस प्रकारको खोप पूर्ण रुपमा उपयोगी भएको प्रमाणित हुन र आवश्यक स्वीकृति लिनका लागि कम्तिमा एक वर्षको समय लाग्ने बताएका छन् । यसैबीच उक्त भाइरसको संक्रमणबाट उत्पन्न हुने अन्य लक्ष्यणहरूको उपचारका लागि विभिन्न खाले औषधि क्लिनिकल परीक्षणमा रहेका छन् । सीएनएन

ताजा अपडेट

खोजी गर्नुहोस