भारतमा थप दुईजनालाई कोरोना संक्रमण भएको पुष्टि

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । भारतको स्वास्थ्य मन्त्रालयले आज दिल्ली र तेलंगानामा एक एकजना कोरोना भाइरसका संक्रमित भएको पुष्टि गरेको छ। दिल्लीमा पहिलोपटक कोरोना संक्रमित पुष्टि भएको हो । दिल्लीमा फेला परेका कोरोना संक्रमितले हालै इटलीको भ्रमण गरेका थिए भने तेलंगानामा फेला परेका व्यक्तिले दुबईको ।
यसैबीच भारतीय सरकारको अध्यागमन विभागले आज एक विज्ञप्ति जारी गर्दै १५ जनवरीदेखि यता चीन पुगेका कसैलाई पनि भारत प्रवेशका लागि अनुमति नदिने जनाएको छ ।

‘१५ जनवरीमा र त्यसपछि चीनमा रहेका कुनै पनि विदेशीलाई वायु, जमिन र समुद्री कुनै पनि माध्यमबाट भारत प्रवेशका लागि अनुमति छैन। उनीहरूलाई भारत(नेपाल, भारत(भुटान, भारत(बंगलादेश र भारत(म्यानमारका नाकाबाट समेत प्रवेश निषेध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

भारतले संसारका कुनै पनि ठाउँबाट आउने चिनियाँ पासपोर्टधारीलाई ५ फेब्रुअरी दिइएको भिसा खारेज गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस