वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना नभएको पुष्टि, आजै घर पठाउने तयारी

Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । चीनको वुहानबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।

खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए । चीनको वुहानबाट उद्धार गरिएका नेपाली मध्ये १८ जनालाई क्वारेन्टाइनबाट आइतबार घर पठाइएको थियो । आज सोमबार थप १ सय ५७ जनालाई विदाई गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस