एसईई समयमै हुन्छ : शिक्षा मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । शिक्षा मन्त्रालयले केही सञ्चारमाध्यममा एसईई स्थगित भएको र विद्यालय पनि बन्द गरिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोरोनाभाइरस कोभिड–१९ को कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै आह्वान गरिसकेको छ । चैत ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस