कोरोना भाइरसः भारतले १५ अप्रिलसम्मका सबै भिसा रद्द गर्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाडौं । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक विशेष बैठक बोलाउँदै कोरोना भाइरस संक्रमणलाई रोक्न १५ अप्रिलसम्मका सबै भिसालाई तत्काल लागु हुने गरि निलम्बित हुने फैसला गरेको छ ।

भारतीय स्वास्थ्यमन्त्री डा हर्ष वर्धनको अध्यक्षतामा भएको बैठकमा कोरोना भाइरस अर्र्थात् कोभिड १९ को संक्रमण फैलनबाट रोक्न र यसबाट बच्ने उपायमाथि चर्चा भएको भारतीय मिडियाले जनाएका छन् । बैठकले कुटनीतिक, सरकारी, संयुक्त राष्ट्र संघीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्बन्धितबाहेक अन्य भिसाहरु १५ अप्रिलसम्म रोक्ने घोषणा गरेको छ ।

साथसाथै गैरआवासीय भारतीयलाई दिइएको यात्रा अनुमति पनि रोएिको छ । यो सबै रोक आजैबाट लागु हुने बताइएको छ । अब भारत जान चाहने विदेशीले सम्बन्धित देशको भारतीय दूतावासमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस