कोरोनाबाट भारतमा ७६ वर्षीय पुरुषको निधन, सुरक्षा ब्यबस्था थप कडा पारियो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कर्नाटक राज्यको कलबुर्गीका ७६ वर्षीय पुरुषको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने यी पहिलो व्यक्ति हुन् । प्रदेश सरकारका स्वास्थ्यमन्त्री बी श्रीरामुलुका अनुसार ती व्यक्तिमा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएपछि उनलाई उपचारका लागि तेलंगानाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

ती व्यक्ति गत फेब्रुअरी २९ मा साउदी अरेबियाबाट हैदरबाद फर्किएका थिए । उनलाई मार्च ५ मा अस्पताल भर्ना गरिएको थियो । उनको नमुना परीक्षण मार्च १० मा बेङ्गलुरुमा गरिएको थियो।
भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ७४ जनामा कोरोना संक्रमण भएको जनाएको छ । मन्त्रालयले भनेको छ, ‘कलबुर्गीका ७६ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। अन्य व्यक्तिमा भाइरस संक्रमण हुन नदिन आवश्यक उपाय अपनाइएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस