कोरोना भाइरसविरुद्धको लडाईंमा बृहत् रणनीति आवश्यकः माल्दिभ्सका राष्ट्रपति सोहिल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोभिड १९ सँग जुध्न बनाइने क्षेत्रीय रणनीतिमा दीर्घकालीन पुनरुत्थान कार्यक्रम समेट्नुपर्ने जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको क्षेत्रीय रणनीति बनाउने प्रस्तावलाई समर्थन जनाउँदै उनले त्यस्तो प्रस्ताव राखेका हुन् । राष्ट्रपति सोलिहले आफ्नो देशको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै उक्त प्रस्ताव स्पष्ट पार्ने प्रयास गरे ।

अहिले चालु सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै सोलिहले भने, ूहाम्रो देशको एक चौथाइ पर्यटनमा निर्भर छ । यसलाई ठूलो असर पुर्‍याएको छ । चीन र इटालिमा ठूलो समस्या देखिएको छ। हाम्रो प्रर्यटन यिनै देशमा निर्भर थियो । उनले कोभिड १९ का कारण माल्दिभ्समा वैदेशिक मुद्राको अभाव भइरहेको उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस