कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ को महामारीबाट संसारभर ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६ हजार ६९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेहरु चीनमा सबैभन्दा बढी रहेका छन् । चीनमा हालसम्म ३ हजार १ सय ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् छन् भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।

चीनपछि सबैभन्दा धेरै इटालीमा हालसम्म २१ हजार १ सय ५७ जना कोरोनाबाट संक्रमित भएकोमा १ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ । चीनको तुलनामा इटालीमा कोरोना संक्रमितको मृत्युदर पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन् । इटाली सरकारले पुरै देशलाई ‘लकडाउन’ गरेर ६ करोड नागरिकलाई सेल्फ क्यारेन्टाइनमा राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस