कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । नोभेल कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु गरिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले सोमबार कोरोनाविरुद्धको खोप पहिलोपटक मानव परीक्षण सुरु गरेका हुन् । कोरोनाको महामारीले विश्ववलाई आक्रान्त पारिरहेका बेला यो खोपको परीक्षण सुरु भएदेखि नै त्रसित मानिसहरुलाई केही राहत मिलेको बताइएको छ ।

सिएटलस्थित कैसेर परमानेन्ट वाशिङ्‌टन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले कोभिड १९ विरुद्धको भ्याक्सिनको पहिलो परीक्षण एक स्वयंसेवकको पाखुरामा खोप लगाएर परीक्षण सुरु गरेका हुन् । पहिलो व्यक्तिलाई सुई लगाएर खोप परीक्षण गरेको एसोसियट प्रेसले अवलोकन गरेको थियो । अन्य तीनजनालाई पनि खोप परीक्षण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस