चैत्र ७,मोरङ । बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पुर्वतयारीमा हामी बसिरहेका छौ मेयर सुवेदीले भने–कोरोनाको लक्षण देखिए आइसोलेसनमा राखेर निगरानी गछौ । आधा दर्जन भन्दा वढी स्वास्थयकर्मी समेत आइसोलेन वार्डमा राखिने मेयर सुवेदीले बताए ।
सघं तथा प्रदेश सरकारले मात्रै कोरोनासम्बन्धी आइसोलेसन वार्डको तयारी गरीरहेका बेला बेलबारी नगरपालिकाले भने छुटै आइसोलेसनको ब्यबस्था गरेको छ । बिहिबार नगर कार्यपालिकाको वैठकमा १५ बेडको आइसोलेशन वार्ड संचालन गर्ने निर्णय भएको थियो । निर्णयको २४ घन्टा नबित्दै आइसोलेन तयारी गरीएको समेत उनले बताए । प्रदेश एकमै पहिलो पटक बेलबारी नगरपालिकाले आइसोलेसन वार्डको संचालमा ल्याएको मेयर सुवेदीले बताए । उक्त आइसोलेसन वार्डमा अधा दर्जन भन्दा वढी स्वास्थयकर्मी खटाइएको समेत उनले बताए । टोल–टोलमा सचेतनासम्बन्धी कार्यक्रम गरीने समेत उनले बताए । आइसोलेशन वार्डमा भर्ना भएर थप जटिल समस्या देखिए तुरुन्तै अस्पतालमा रिफर गर्नका लागि समेत नगरपालिकाले सहकार्य गरीरहेको मेयर सुवेदीले बताए । उनले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान तथा अन्य अस्पतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए । सघं तथा प्रदेश सरकारसंग सहकार्य गरेर केहि महिना भित्रनै १५ बेडको अस्पताल संचालन गर्ने मेयर सुवेदीले बताए ।
कोरोना भाइरसको लक्ष्यण तथा बच्ने उपायाहरुको पर्चा पम्पलेट सहितका सचेतनाका कार्यक्रमलाई समेत जोड दिएको उनले बताए । नगरपालिकामा भित्र सेवा लिने सेवाग्रहि तथा कर्मचारीलाईसमेत हात धोएर मात्रै प्रबेश गर्न दिने गरेको मेयर सुवेदिले बताए ।
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने, निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । यस्तै रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने,नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्न अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने ,फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने यस वाट बच्ने उपायाहरु हुन ।