राष्ट्रकवि माधवप्रसाद घिमिरेद्धारा बन्दाबन्दीमा घरबाहिर ननिस्कन सबैमा अपील !

Post Thumbnail

चैत्र २९, काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कोरोना भाइरसविरुद्ध गरिएको बन्दाबन्दीमा घरबाहिर ननिस्कन सबैमा अपील गरेका छन् । कोरोनाको विश्वव्यापी महामारी नेपालमा विकराल रुपमा नफैलियोस् भन्नका लागि सरकारले लागु गरिएको लकडाउनको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरेका हुन् ।

एक भिडियो सन्देश जारी गर्दै राष्ट्रकवि घिमिरेले लकडाउन मानव स्वास्थ्यका लागि भएकाले यसलाई सबै मिलेर सफल पार्नु पर्ने बताए । पहिले कुष्ठरोग लाग्दा उसको घरको तगारोमा काँडा लगाउने चलन रहेको स्मरण पनि राष्ट्रकवि घिमिरेले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस