बैशाख ३,गोरखा । गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनि गत फागुन २२ गते बहराइनबाट नेपाल फर्किएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालका अनुसार आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको हो । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए ।
र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ ।