झरना के.सी. योग प्रशिक्षक
आध्यात्मीक परिभाषा अनुशार मन र आत्मालाई परमात्मा सँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमाशान्त र आध्यात्मिक रुपमा उच्च चेतना युक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भन्ने बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चिन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलिएको कला, संस्कृति र विज्ञान हो । नेपालका तिन महत्वपूर्ण सभ्यताहरु हुन्ः
हिमालय क्षेत्रमा जन्मीएको शिव शभ्यता,जनकपूरमा जन्मीएको जनक शभ्यता र लुम्बिनीमा जन्मीएको बुद्ध शभ्यता
योगलाई हामी तीन काल खण्डमा हेर्न सक्छौ ः
१) आदिकाल खण्ड ः आदिकाल खण्डमा योगको विस्तार भयो । योग सबैकालागि र सधैकालागिहो भन्ने बुझियो । जतिबेला एउटा आदर्श जीवनको परिकल्पनागरिन्थ्यो र अभ्यास गरिन्थ्यो ।
२) मध्यकाल खण्ड ः मध्यकालखण्ड आएपछि योग समाजबाट विस्तारै अलग्गींदै विषय वस्तुमा केन्द्रित हुँदै गयो । समाजको ठुलो हिस्साले दैनिक रुपमा व्यवहारमा उपयोग ल्याउन सकेन ।
३) तेस्रोकाल खण्ड ः तेस्रोकालखण्ड भनेको जुन आज हामी बसेका छांै त्यही नै हो । यो कालखण्डमा योगलाई फेरि हामीले चिकित्साशास्त्र सँग लगेर जोड्न थाल्याँै । विस्तारलाई हामीले उपचारको संज्ञा दिन थाल्यौ । यो रोगीहरुका लागि उल्लेखनिय रोग मुक्तिका लागि अझ विशेष गरि नसर्ने रोगहरुमा यसको उल्लेखनिय योगदान छ भन्ने तिर बढि केन्द्रित भयौँ । अहिलेको समाजको स्वास्थ्यको रक्षा र रोगीको उपचारको लागि यो बढि केन्द्रितभएर अगाडि बढेको देखिन्छ ।
योगको उद्गम स्थल नेपाली भुमिमानै भएको पूर्ण विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीमातालाई पहिलो पटक योग शिक्षादिएको विभिन्न शास्त्रमा उल्लेख भएको पाईन्छ । शिव र पार्वती विचको संवादलाई प्रचार प्रसार गरि यो संसारभरि पैmलिएको पुष्ठि हाम्रा ऋषिमुनिहरुले शास्त्रमा उल्लेख गरेको पाइएको छ । विचमा लुप्त प्रायःभएपनि पछिल्लो समयमा अन्तराष्ट्रिय एवं. राष्ट्रिय योग दिवस मनाउनथाले पछि योगको पूनजागरण भएको पाइएको छ । भगवान गौतम बुद्ध देखि क्राईस्ट सम्मशिव देखि कृष्ण सम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा या वेग अभ्यास गरेकातथ्यहरु विभिन्न पुस्तकमा पाईन्छ । इश्वरले मानवजातीलाई वरदान स्वरुपदिएको आशीर्बादलाई ऋषिमुनिहरुले गरेको उजागर नै हो योग । साधनको माध्यमबाट शरीर व्यवस्थापनगर्ने काम पनि हो योग ।
योगको आवश्यकता र फाइदाहरु ः
बदलिदो जीवनशैली गलत खानपानका साथमा शरीरमाअक्सीजनको कमिका कारण अहिले मानिसहरु विभिन्न रोगहरुबाट ग्रसित छन् । योगले शरीरमा अक्सीजनको कमिलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सम्पूर्ण जोर्नीहरु चलायमान हुन्छन् । यसले शरीरमा व्यायमको कामगर्दछ । योग व्यायाम गर्नाले शरीरका अंगहरुमा रक्त सञ्चारका साथै अक्सीजनको मात्रा बढाई शरीरकाअंगहरु रक्तनलिहरु स्वस्थ राख्दछ । यसले रोग प्रतिरोधात्मकक्षमता बढाउछ । शरीरलाई बाहृय र आन्तरिक रुपमा सरसफाई गर्दछ । योगले तन देखि मन सम्म सफागर्दछ । स्वस्थजीवनशैली र सकारात्मक सोचको विकास गर्छ । मनको चञ्चलता हटाउदछ, कार्यक्षमतामा बृद्धि ल्याउँछ । चिन्ताबाट छुटकारा र मानसिकशान्ति, अनावश्यकविचारबाट मुक्ति र मोटोपन हटाउदँछ । । ऊर्जाको केन्द्रिकरण साथै आन्तरिक शक्तिको सञ्चार ल्याउँछ । आफ्नो परिस्थितिलाई सहि रुपमाविश्लेषण गर्ने क्षमताको बृद्धि गरी यसले मानिस मानिस बिच समानताको भावउत्पन्न गराउँदछ । यसले जीवनशैली नै व्यवस्थित गराउँदछ । योगले आत्मग्यानप्राप्ति दिन्छ । नियमीत योगअभ्यासले शरीरमाचिनी र कोलष्ट्रोलको मात्रा घटाउछ । नियमीतगर्न सकेमा योगकाआसन र ध्यानले बाथ रोग, पछाडि दुख्नेको समस्याकम गर्छ । महिलाहरुमामहिनावारीका बेला देखिने समस्याकम गर्छ ।
योग अभ्यास गर्ने ठाउँ प्रदुषण मुक्त र शान्तहुनु जरुरी छ । हरेक टोलटोलमा मानिसहरुको समूह बिचपनि गराउन सकिन्छ । यसरी गराउँदा जनचेतना पैmलाउनुका साथै एक आपसमा सम्बन्ध पनि मजबुद बढ्दै जान्छ । एउटा छुट्टै किसिमको उत्साह मनमा उजागर पनि हुन्छ । योग ज्ञान लिइसकेपछि आफ्नै घर आगन र छत बगैँचामा पनि गर्न सकिन्छ । तर योगागर्दा टि.भी. युटुव हेरेर गर्नुभन्दा योग कक्षालिएर गर्न उपयुक्त हुन्छ । अथवा योग शिक्षकको निगरानीमागर्न उपयुक्त हुन्छ । हामी स्वस्थ रहनका लागि विहान ( मर्निङ वाक )हिड्ने चलन छ । यो पनि प्रदुषणका कारण त्यतीला भदायक छैन । धुलो धुवांले झन स्वास्थमाहानि पु¥याइरहेको हुन्छ । अव्यवस्थित सवारी साधन, बाटोघाटो साँघुरोको कारण बिहान सडकको पेटिमा मर्निङ वाकगर्दा कतिपयले ज्यान नै गुमाउनु परेको छ , अपाङ्ग भएर बस्नु परेको छ । तसर्थ, यिनै कुराहरुलाई मध्यनजर राख्दै बिहानको समय हामीले दैनिक एक, डेढ घण्डा योगलाई जोड दियौ भने हामी शरीरिक र मानसिकदुवै रुपमा पूर्ण स्वस्थबन्न सक्छौ । यो त्यतीखर्चिलो पनि छैन । जुनसुकै मानिसले पनिगर्न सक्ने भएकोले यो मानवजीवनमानिकै नै उपयोगि छ ।
योग ध्यानगर्नका लागि सबैभन्दा योगलाई अगाल्नुपर्छ त्यसपछि ध्यानआफै बढ्दैे जान्छ । नेपालमा मानिसहरु विभिन्न रोगहरुबाट ग्रसित छन् । रासायनिकमल, खानामा विषादीको प्रयोग, अव्यवस्थित बसोबास, भागदौड, यतिसम्म कि मानिस आफुले आफैलाई चिन्नपनि छोडिसके को अवस्थाआइपुेको छ । आफ्नो लागि समयपनि छैन व्यस्थताको कारण । तसर्थ हामीले हाम्रो दैनिक दिन चर्यामा बिहान व्रमहमूर्तको समय एक डेढ घण्टा निकाल्न सक्यौ र योग थाल्यौ भने साच्चिकै ने हामीले हाम्रो जीवनमा स्वर्गीय आनन्द पाउनेछौ । हाम्रो शरीरलाई दैनिक एक घण्टा योगा भ्यासमा लगाउन सक्यौं भने बांकि २३ घण्टा हामीले स्वस्थ र स्र्फूिर्तका साथकार्य गर्न सक्दछांैै । अझ यो कोभिड १९ को महामारीमाआफ्नो रोग प्रतिरोधात्मक क्षमता मजबुद बनाउन त झन योग अभ्यास अपरिहार्य नै देखिएको छ ।
समग्रमा योग यस्तो कला,संस्कृति र विज्ञान हो जसले मानिस भित्रभएका सम्पूर्ण सम्भावनाहरुलाई उजागरण गर्न मदछ गर्छ । मानिसका शारीरिक, मानसिक, चेतनागत र अतिमानविय चेतनाका स्तर सम्मयसले काम गर्छ । यो लकडाउनलाइ सदुपयोग गर्दै योग अभ्यासलाइ एक जीवन शैलिको रुपमा आत्मसाथ गरौं । योग सबैका लागि हो । योग सधंैका लागि हो । योगले एउटा मान्छेलाई पूर्ण मान्छे र विराट मान्छे बनाउँछ भन्ने हामीले बझ्नु र बझाउन जरुरी छ ।